News

सनशाइनद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा

कपिलवस्तु, १५ पुस ।

सनशाईन सामाजिक विकास संस्था र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित साँझ उद्देश्यका लागि प्रायोजित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गएिको छ । संस्थाले बालबालिकाहरुको गुणस्तरीय शिक्षामा सबै बालबालिकाहरुको पहुँचका लागि सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरिएको हो । 

शिक्षामा गुणस्तरीयता ल्याउनका लागि बाल विकास, आधारभूत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा किशोर किशोरी विकास कार्यक्रम कपिलवस्तुको १६ गाविसमा सञ्चालन गर्दै आइरहेको छ । गोरुसिङ्गेको प्रेम सागर होटेलमा सञ्चालन भएको दुईदिने समीक्षा कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, कार्यक्रममका सम्पूर्ण कर्मचारी, तथा साझेदार दातृनिकाय सेभ द चिल्डे«नका प्रतिनिधिहरु गरी ६८ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाले वर्षभरिमा गरेको विभिन्न क्रियाकलाप तथा त्यसबाट भएको उपलब्धिबारे कार्यक्रमका विभिन्न थिमका सम्बन्धित अधिकृतहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदामाथि बृहत छलफल भइ राम्रा पक्षलाई निरन्तरता दिने र सुधार गर्नु पर्ने पक्षलाई तत्काल कार्ययोजना बनाएर सुधार गर्दै लैजाने कुरामा जोड दिइएको थियो । 

समीक्षाको समापन समारोहमा सेभ दा चिल्ड्रेनबाट धना कुमारी तथा सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष तुलसीराम यादवले आ आफ्ना भनाइ राख्दै कार्यक्रमको असल अभ्यासलाई आगाडी बढाउँदै लैजाने र कमिकमजोरीलाई कार्ययोजना सहित सुधार गर्दै लैजाने कुमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले गरेका थिए ।

किशोर किशोरीहरुको मूल्याङ्क परियोजना कार्यक्रमको आज समीक्षा सम्पन्न ।।

पौष १०

लैङ्गिक मूल्यमान्यतामा धेरै स साना किशोर किशोरीहरुको मूल्याङ्क परियोजना कार्यक्रमको आज समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।अभिभावकहरुको व्यवहारमा आफ्नो बालबालिकाहरुप्रतिको लैङ्गिक समानतामा सकारात्मक परिवर्तनमा जोड दिने उदेश्यले जहदी , तिलौराकोट , धनकौली तथा निग्लीहवा गविसमा  कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमले गरेको कार्य  तथा कार्यपश्चात परेको प्रभाव बारे समुदायका प्रभावशाली व्यक्ति , किशोर किशोरी , शिक्षक , गाविस सचिव तथा विभिन्न सरकारी तथा शिक्षा र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि लगायतका व्यक्तित्वहरुको बिचामा बृहत छलफल तथा समीक्षा गरिएको होे । दश देखि चौधा बर्षका किशोरीहरुको विकासको लागि कार्यक्रम लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको थियो ।  किशोर किशोरीमा लैङ्गिक समानता र संवेदनशीलता प्रति उनीहरुको व्यवहार तथा मनोवृति परिवर्तन गर्ने । किशोरकिशोरी तथा अभिभावक बिच लैङ्गिक मान्यता सम्बन्धि रहेको अन्तर पुस्ता सम्बन्धि असमानता मूलक विभेदलाई अन्त्य गर्ने मूख्य उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष तुलसीराम यादवको अध्यक्षता , जिल्ला बालकल्याण समितिका सदस्य पशुपतिमणि त्रिपाठीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कपिलवस्तुका विद्यालय निरीक्षक मित्रप्रसाद गौतम,लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागी सरोकारवालाहरुले कार्यक्रमको सकारात्मक प्रभावको प्रशांस गर्दै सो कार्यक्रम जिल्लाको अन्य गाविसहरुमा पनि सञ्चालन गनु पर्ने सम्बन्धित संस्थालाई सुझाव समेत दिएका थिए भने , देखिएका कमजोर पक्षलाई सुधार गर्नु पर्ने धारणा राखेका थिए ।

 कार्यक्रमलाई कार्यक्रम सह संयोजक गोपीकृष्ण श्रेष्ठले शहजिकरण गरेका थिए । उनले संस्थाले गरेको कामलाई जानकारी गराएका थिए । कार्यक्रममा ९८९ किशोरीहरुले लाभ लिएको वताइएको थियो । ३५ जनाको उपस्थितिमा सनशाईन सामाजिक विकास संस्थाको हलमा भएको कार्यक्रमको सञ्चालन श्रवण कुमार यादव र स्वागत संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले गरेका थिए ।

 

कपिलवस्तुका पुरुष अभिभावक समूहले लैङ्घिक समानता कायम गर्नका लागि गीत प्रतियोगिता

कपिलवस्तुका पुरुष अभिभावक समूहले लैङ्घिक समानता कायम गर्नको लागि आज गीत प्रतियोगिताको आयोजना गरेका थिए । आजको गीतमा महिला र पुरुष दुबै समान हुन र एकले आर्कालाई सहयोग गर्नु पर्छ भन्ने मान्यताकामा आधारित सन्देश दिने गीत गएका थिए । जिल्लाका लालपुर गाविसमा रहेको पुरुष अभिभावक समूहको आयोजनामा आज लालपुरको वडा नः नौ सितलापुरमा कार्यक्रम सम्पन्न भएको छ । पुरुष अभिभावक समूहको आयोजना र सनशाईन सामाजिक विकास संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राजेन्द्र प्रसाद चौधरीको अध्यक्षता , शुसील कुमार चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन राहूल चौधरीले गरेका थिए । कार्यक्रममा एक सय पचास जनाको उपस्थिति रहेको थियो ।

… + More

पुरुष अभिभावकको आयोजनामा आज हरिहरपुर गाविसम वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।।

 असोज ः २२ गते

पुरुष अभिभावकको आयोजनामा आज हरिहरपुर गाविसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । लैङ्किक समानतामा पुरुको सहभागिता सम्बन्धी विषयवस्तुमा आधारित प्रतियोगितामा महिला पुरुष सबैको सहभागिता रहेको थियो । पुरुष अभिभावक समूहका संयोजक सन्तोष कुमार तिवारीको अध्यक्षता , सनशाईन सामाजिक विकास संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको संचालन राहूल चौधरीले गरेका थिए । सो वक्तृत्वकला प्रतियोगितामा सुरेन्द्र चौधरी प्रथम , लालबहादुर यादव दोस्रो , ओमप्रकाश तिवारी तेस्रो र शिवप्रसाद यादव सन्तवना स्थान हासिल गरेका थिए । कार्यक्रममा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम पुरुष अभिभावक समूहको आयोजना र सनशाईन सामाजिक विकास संस्थाको सहयोगमा सम्पन्न भएको छ ।

… + More

सनशाईन सामाजिक विकास संस्थाको छैठौँ अधिवेशनले नयाँ कार्य समिति चयन । समितिमा यादव ।।

    दिलिप कुमार यादव ःसामुदायिक रेडियो कपिलवस्तु

 

असोज १६

 

सनशाईन सामाजिक विकास संस्थाको छैठौँ अधिवेशनले आज नयाँ कार्य समिति चयन गरेको छ । तुलसीराम यादवको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष शान्ती शाही , सचिव रामसेवक यादव , कोषाध्यक्ष राघवेन्द्र खरविन्द , सहसचिव श्याम प्रकाश धवल र सदस्यहरु सीता नेपाली , गीता केवट , रामशुभाग यादव र रत्ती थारु रहेका छन् ।

 

आज भएको संस्थाको सत्रौँ साधारण सभा एवम् छैँठौ अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । भोरिक केवटको संयोजकत्वमा गठन भएको  तीन सदस्यीय निर्वाचन मण्डलमा सुशील चौधरी र ज्योती केसी को समूहले निर्वाचन प्रक्रियालाई शहजिकरण गरेको थियो । नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएको छ । नवनिर्वाचित समितिलाई पूर्व अध्यक्ष परशुराम यादवले सपथ ग्रहण गराएका थिए । साथै पूर्व अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ , शिवलाल यादव र परशुराम यादवले सफल कार्यकालको शुभकामना दिएका थिए ।

 

 सनशाईन सामाजिक विकास संस्थाको सत्रौँ साधारण सभा एवम् छैँठौ अधिवेश संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता सम्पन्न भएको छ । आजको सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव रामसेवक यादव र आर्थिक प्रतिवेदन कोषध्यक्ष राघवेन्द्र खरविन्दले प्रस्तुत गरेका थिए । संस्थाका सचिव रामसेवक यादवको संचालनमा भएको कार्यक्रममा सहसचिव श्याम प्रकाश धवलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम यादवले साढे चार करोड बराबरको योजना सहितको बजेट प्रस्तुत गरेका थिए भने विभिन्न काममा सदस्यहरुले सहयोग गरेको प्रति अभार व्यक्त गरेका थिए । संस्थामा रहेका एकसय जना सदस्यहरु मध्ये ८० जनाको सहभागितामा  संस्थाको प्रधान कार्यलय धनकौलि गाविसको चेतरादेईमा साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ ।

सनशाईन सामाजिक विकास संस्थाको वाषिर्क सामाजिक लेखा परीक्षण तथा १६ औँ साधारण सभा सम्पन्न

भदौ ३० 
कपिलवस्तु जिल्लामा विगत लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको सनशाईन सामाजिक विकास संस्था धनकौली ( चेतरादेईको वार्षिक सामाजिक लेखा परीक्षण तथा १६ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको जन्मदिनको अवसरमा संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता , प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिँहको प्रमुख आतिथ्यता , सचिव राम सेवक यादवको सञ्चालनमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका साधारण सदस्य , कर्मचारी , व्यवस्थापन समितिका पदाधिकारी , कपिलवस्तु जिल्लामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी , अधिकारवाला तथा सरोकारवाला लगायतका गरी करिब १५) जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोरिक केवटले गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव राम सेवक यादवले गर्नुभएको थियो । सस्थाको साधारण सभाको उद्घाटन गर्दैै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले सामाजिक रुपान्तरणमा सामाजिक संस्थाको भुमिका उल्लेखनीय हुने वताए । सामाजिक उतरदायित्व लिएर संस्थाहरुले पारदर्शी भएर लाग्न समेत संस्थाहरुलाई सिंहले आग्रह गरे । कार्यक्रममा सहयक जिल्ला शिक्षा अधिकबारी राम प्रसाद पाण्डे लगायतले शुभकामना दिएका थिए । 
साधारण सभाका सहभागीहरुले प्रतिवेदन माथि आप्ःनो विचार , सल्लाह सुझाव प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा वालवालिका, किशोरकिशोरी , युवा , शिक्षाको क्षेत्रमा क्रियाशील रहेको र कार्यक्रम पनि प्रभावकारी रहेकाले आउने दिनहरुमा यसको कार्यक्षेत्र विस्तारमा कार्यक्रमका सहभागी वक्ताहरुले भनाई राखेका थिए । कपिलवस्तु जिल्लाको विभिन्न गाविसमा हाल सम्म पनि वाटोघाटो , पुल आदिको सुविधा नरहेका कारण संस्थाले यस क्षेत्रमा पनि ध्यान पुरयाउन आवश्यक रहेको वताएका थिए । कार्यक्रमको अन्त्यमा वोल्दै संस्थाका अध्यक्ष परशुराम यादवले आप्ःनो संस्था अधिकारवालाहरुको पक्षमा वकालत गर्ने , उनिहरुलाई कर्तव्यको बारेमा जानकारी दिने र अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य गरी अगाडी वढने वताउनु भएको थियो ।

साथै उहाँले संस्थालाई अ आप्ःनो ठाउँवाट प्रत्यक्ष , अप्रत्यक्ष रुपमा सहयोग गरी यहाँ सम्म ल्याउन मद्दत गर्न सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताउनुभएको थियो । साधारण सभाको अवसरमा सामुदायिक रेडियो कपिलवस्तुवाट सञ्चालन हुदै आएको जिवनका लागि स्वास्थ्य कार्यक्रमका विजेता सौराहा गाविसका मो. ईरफान र धनकौली गाविसमा लक्ष्मी नारायण यादवलाई रेडियोसेट पुरस्कार वितरण गरिएको छ । संस्थाका कर्मचारीहरु मध्ये उत्कृष्ठ रुपमा कार्य गरेका स्पोन्सर सहायक हनुमानप्रसाद यादव र सामाजिक परिचालक कमलेश केवटलाई कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ । 

6 Records Found