News

सनशाईन सामाजिक विकास संस्थाको वाषिर्क सामाजिक लेखा परीक्षण तथा १६ औँ साधारण सभा सम्पन्न

भदौ ३० 
कपिलवस्तु जिल्लामा विगत लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको सनशाईन सामाजिक विकास संस्था धनकौली ( चेतरादेईको वार्षिक सामाजिक लेखा परीक्षण तथा १६ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाको जन्मदिनको अवसरमा संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता , प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिँहको प्रमुख आतिथ्यता , सचिव राम सेवक यादवको सञ्चालनमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका साधारण सदस्य , कर्मचारी , व्यवस्थापन समितिका पदाधिकारी , कपिलवस्तु जिल्लामा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी , अधिकारवाला तथा सरोकारवाला लगायतका गरी करिब १५) जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोरिक केवटले गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सचिव राम सेवक यादवले गर्नुभएको थियो । सस्थाको साधारण सभाको उद्घाटन गर्दैै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले सामाजिक रुपान्तरणमा सामाजिक संस्थाको भुमिका उल्लेखनीय हुने वताए । सामाजिक उतरदायित्व लिएर संस्थाहरुले पारदर्शी भएर लाग्न समेत संस्थाहरुलाई सिंहले आग्रह गरे । कार्यक्रममा सहयक जिल्ला शिक्षा अधिकबारी राम प्रसाद पाण्डे लगायतले शुभकामना दिएका थिए । 
साधारण सभाका सहभागीहरुले प्रतिवेदन माथि आप्ःनो विचार , सल्लाह सुझाव प्रस्तुत गरेका थिए । कपिलवस्तु जिल्लामा वालवालिका, किशोरकिशोरी , युवा , शिक्षाको क्षेत्रमा क्रियाशील रहेको र कार्यक्रम पनि प्रभावकारी रहेकाले आउने दिनहरुमा यसको कार्यक्षेत्र विस्तारमा कार्यक्रमका सहभागी वक्ताहरुले भनाई राखेका थिए । कपिलवस्तु जिल्लाको विभिन्न गाविसमा हाल सम्म पनि वाटोघाटो , पुल आदिको सुविधा नरहेका कारण संस्थाले यस क्षेत्रमा पनि ध्यान पुरयाउन आवश्यक रहेको वताएका थिए । कार्यक्रमको अन्त्यमा वोल्दै संस्थाका अध्यक्ष परशुराम यादवले आप्ःनो संस्था अधिकारवालाहरुको पक्षमा वकालत गर्ने , उनिहरुलाई कर्तव्यको बारेमा जानकारी दिने र अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य गरी अगाडी वढने वताउनु भएको थियो ।

साथै उहाँले संस्थालाई अ आप्ःनो ठाउँवाट प्रत्यक्ष , अप्रत्यक्ष रुपमा सहयोग गरी यहाँ सम्म ल्याउन मद्दत गर्न सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताउनुभएको थियो । साधारण सभाको अवसरमा सामुदायिक रेडियो कपिलवस्तुवाट सञ्चालन हुदै आएको जिवनका लागि स्वास्थ्य कार्यक्रमका विजेता सौराहा गाविसका मो. ईरफान र धनकौली गाविसमा लक्ष्मी नारायण यादवलाई रेडियोसेट पुरस्कार वितरण गरिएको छ । संस्थाका कर्मचारीहरु मध्ये उत्कृष्ठ रुपमा कार्य गरेका स्पोन्सर सहायक हनुमानप्रसाद यादव र सामाजिक परिचालक कमलेश केवटलाई कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।