News

सनशाईन सामाजिक विकास संस्थाको छैठौँ अधिवेशनले नयाँ कार्य समिति चयन । समितिमा यादव ।।

    दिलिप कुमार यादव ःसामुदायिक रेडियो कपिलवस्तु

 

असोज १६

 

सनशाईन सामाजिक विकास संस्थाको छैठौँ अधिवेशनले आज नयाँ कार्य समिति चयन गरेको छ । तुलसीराम यादवको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष शान्ती शाही , सचिव रामसेवक यादव , कोषाध्यक्ष राघवेन्द्र खरविन्द , सहसचिव श्याम प्रकाश धवल र सदस्यहरु सीता नेपाली , गीता केवट , रामशुभाग यादव र रत्ती थारु रहेका छन् ।

 

आज भएको संस्थाको सत्रौँ साधारण सभा एवम् छैँठौ अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको हो । भोरिक केवटको संयोजकत्वमा गठन भएको  तीन सदस्यीय निर्वाचन मण्डलमा सुशील चौधरी र ज्योती केसी को समूहले निर्वाचन प्रक्रियालाई शहजिकरण गरेको थियो । नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएको छ । नवनिर्वाचित समितिलाई पूर्व अध्यक्ष परशुराम यादवले सपथ ग्रहण गराएका थिए । साथै पूर्व अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ , शिवलाल यादव र परशुराम यादवले सफल कार्यकालको शुभकामना दिएका थिए ।

 

 सनशाईन सामाजिक विकास संस्थाको सत्रौँ साधारण सभा एवम् छैँठौ अधिवेश संस्थाका अध्यक्ष परशुराम यादवको अध्यक्षता सम्पन्न भएको छ । आजको सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव रामसेवक यादव र आर्थिक प्रतिवेदन कोषध्यक्ष राघवेन्द्र खरविन्दले प्रस्तुत गरेका थिए । संस्थाका सचिव रामसेवक यादवको संचालनमा भएको कार्यक्रममा सहसचिव श्याम प्रकाश धवलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम यादवले साढे चार करोड बराबरको योजना सहितको बजेट प्रस्तुत गरेका थिए भने विभिन्न काममा सदस्यहरुले सहयोग गरेको प्रति अभार व्यक्त गरेका थिए । संस्थामा रहेका एकसय जना सदस्यहरु मध्ये ८० जनाको सहभागितामा  संस्थाको प्रधान कार्यलय धनकौलि गाविसको चेतरादेईमा साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ ।