News

सनशाइनद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा

कपिलवस्तु, १५ पुस ।

सनशाईन सामाजिक विकास संस्था र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित साँझ उद्देश्यका लागि प्रायोजित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न गएिको छ । संस्थाले बालबालिकाहरुको गुणस्तरीय शिक्षामा सबै बालबालिकाहरुको पहुँचका लागि सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरिएको हो । 

शिक्षामा गुणस्तरीयता ल्याउनका लागि बाल विकास, आधारभूत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम तथा किशोर किशोरी विकास कार्यक्रम कपिलवस्तुको १६ गाविसमा सञ्चालन गर्दै आइरहेको छ । गोरुसिङ्गेको प्रेम सागर होटेलमा सञ्चालन भएको दुईदिने समीक्षा कार्यक्रममा संस्थाका कार्यसमितिका पदाधिकारी, कार्यक्रममका सम्पूर्ण कर्मचारी, तथा साझेदार दातृनिकाय सेभ द चिल्डे«नका प्रतिनिधिहरु गरी ६८ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाले वर्षभरिमा गरेको विभिन्न क्रियाकलाप तथा त्यसबाट भएको उपलब्धिबारे कार्यक्रमका विभिन्न थिमका सम्बन्धित अधिकृतहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदामाथि बृहत छलफल भइ राम्रा पक्षलाई निरन्तरता दिने र सुधार गर्नु पर्ने पक्षलाई तत्काल कार्ययोजना बनाएर सुधार गर्दै लैजाने कुरामा जोड दिइएको थियो । 

समीक्षाको समापन समारोहमा सेभ दा चिल्ड्रेनबाट धना कुमारी तथा सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष तुलसीराम यादवले आ आफ्ना भनाइ राख्दै कार्यक्रमको असल अभ्यासलाई आगाडी बढाउँदै लैजाने र कमिकमजोरीलाई कार्ययोजना सहित सुधार गर्दै लैजाने कुमा जोड दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम संयोजक शिवलाल यादवले गरेका थिए ।