
सनशाईन संस्थाद्धारा माहुरी हाेमबाट सञ्चालन गरेकाे “नयाँ लुगा न्यानो लुगा अभियान” लाई सहयोग ।। शत्रुघन खरविन्द, पुष २१, कपिलवस्तु सनशाईन सामाजिक विकास संस्थाद्धारा आज “नयाँ लुगा न्यानो लुगा अभियान” तौलिहवालाई सहयोग गरेको छ । मधेश मानव अधिकार गृह कपिलवस्तु “माहुरी होम ” द्धारा संचालित “नयाँ लुगा न्यानो लुगा अभियान” लाई सनशाईन संस्था र यूनइटेड मिसन टु नेपालको सहयोगमा रु ४५ हजारको चेक हस्तान्तारण गरिएको हो ।सनशाइन सामाजिक विकास संस्थाका अध्यक्ष राम सेवक यादव र यूनइटेड मिसन टु नेपाल कपिलवस्तुका टीम लिडर रुप कुमार बि.के. ले सयूक्त रुपमा मधेश मानव अधिकर गृह (माहुरी हाेम) का अध्यक्ष तथा अभियानका सयोजक रवी ठाकुरलाई रु. ४५ हजार बराबरको चेक हस्तान्तरण गरेका थिए । “नयाँ लुगा न्यानो लुगा अभियान” बाट प्रभावित भई संस्थाले उक्त अभियानमा सहयाेग गरेको थियो । “नयाँ लुगा न्यानो लुगा अभियान” लाई सार्थकता प्रदान गर्नु भएको मा SSDO/ UMN लाई मधेश मानव अधिकार गृह कपिलवस्तु “माहुरी होम ” का अध्यक्ष तथा अभियानका संयोजक रवी ठाकुरले धन्यवाद ब्यक्त गर्नु भएको थियो । साथै सनशाईन संस्थाबाट अरूलाई प्रेरणा मिल्ने कुरामा बिशवस्त हुँदै यस “नयाँ लुगा न्यानो लुगा अभियान“ पुनित कार्यमा सहभागि भएर सहयोग गरिदिन ठाकुरले अपिल समेत गर्नुभएको थियो ।





